FAQs Complain Problems

फोटो ग्यालरी

भारत सरकारको निमन्त्रणामा भारतको विभिन्न शहरहरुको फोहोर मैला व्यवस्थापन, हरियाली प्रवर्द्धन लगायत स्मार्ट सिटीका अन्य अवयवहरुको अवलोकन गर्न र प्रविधिबारे बुझ्न भारत पुग्नु भएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनज्यूले अहमदावाद र इन्दोर भ्रमण गर्नु भएको छ । यसैगरी दिल्ली, अहमदाबाद, इन्दोरका फोहोर मैला प्रशोधन केन्द्र तथा फोहोर संकलन केन्द्रमा पुगेर त्यहाँको प्रविधि र प्रणाली बारे बुझ्नु भएको छ । यसै सन्दर्भमा प्रमुखज्यूले भारतका अन्य दुई शहरहरु पुणे र गोरखपुरमा समेत त्याहाँको असल अभ्यासहरु हेर्ने भ्रमण कार्यक्रम रहेको छ ।

, , , , , , , , , , , , ,

जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहितको टिम ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनको कार्यकक्षमा । ललितपुर महानगरपालिकाले चन्दननाथ नगरपालिकालाई गत आर्थिक वर्षमा वातावरण संरक्षणका लागि ३० लाख प्रदान गरेको थियो । भेटघाटको क्रममा भगिनी सम्बन्धमा रहेका दुई नगरपालिकाका प्रमुखले आगामी वर्षमा पनि एकले अर्कोलाई अनुभव, सीप आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

, , , ,

Pages